काठमाडौं । सरकारले पूर्वाधार कर घटाएपछि आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा १० रुपैयाँ मूल्य घटाएको छ। बिहीबार निगम संचालक समितिको बैठक बसेर ग्यास र हवाई इन्धनमा बाहेक पेट्रोलीयम पदार्थमा मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS