काठमाडौं । दसैंको सार्वजनिक बिदामा पनि आयल निगमले इन्धन वितरण नियमित गर्ने भएको छ ।
बजारमा पेट्रोलियम पदार्थको सहज रुपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न ११ स्थानमा रहेका डिपो खुुला राखेको हो । निगमकाअनुसार कोशी प्रदेशको डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले कात्तिक ४ र ९ गते इन्धन बिक्री गर्नेछ । यस्तै, निगमको बागमती प्रादेशिक कार्यालय थानकोटमा कात्तिक ४, ६ र ९ गते र गण्डकी कार्यालय पोखरामा कात्तिक ५ र ९ गते डिपो खुला हुने निगमले जनाएको छ ।
साथै लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा ४, ६ र ९ कात्तिकमा इन्धन बिक्री गर्ने मिति तोकेको छ ।निगमका अनुसार कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले कात्तिक ४ मा र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले कात्तिक ५ र ८ गते इन्धन बिक्री गर्नेछ । यस्तै शाखा कार्यालयहरु चारआली कात्तिक ४ र ९ गते, धनुषाले कात्तिक ४ र ८ गते, वीरगञ्जले कात्तिक ४ र ९ गते, नेपालगञ्जमा कात्तिक ५ गते इन्धन बिक्री गर्नेछन् ।
FACEBOOK COMMENTS