काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ ।
नेपाल आयल निगमलाई भारतको इन्डियन आयल कर्पोरेसनले घटोको नयाँ मूल्यसूची पठाएको छ ।
अघिल्लो पटकम पयिछ ग्यास बाहेक सबैको मूल्य घटेर आएको थियो तर नेपालमा भने कुनै घटबढ गरिएको थिएन ।
यो पटक भने खाना पकाउने ग्यासको मूल्य पनि घटेर आएको नेपाल आएल निगमले जनाएको छ ।
एलपीजी ग्यासको खरिद दरमा यो पटक प्रति सिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ।
यस्तै पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल ६ रुपैयाँ ५९ पैसा र मट्टितेल प्रतिलिटर १० रुपैयाँ ९० पैसा घटेको छ ।
यस्तै, हवाइ इन्धन पनि ८ रुपैयाँ १२ पैसाले घटेको छ ।
यो घटेको मूल्य अनुसार निगम आगामी १५ दिनमा १ अर्ब ५० करोड रुपैयाँले नाफामा रहने प्रक्षेपण गरिएको छ ।
बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा भएको थियो ।
दोस्रोपटक पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले नेपालमा पनि घट्ने सम्भावना रहेको निगम स्रोतले बताएको छ ।
यद्यपि व्यवस्थापनको बैठकले यो विषय टुङ्गो लगाउँने छ
FACEBOOK COMMENTS