काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको समेत भाउ बढ्न सक्ने भन्दै शनिबार उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘महँगीको मार बन्द गर’, ‘पेट्रोल कर कम गर’, ‘मूल्य घटाएर जनतालाई राहत देऊ’, ‘पेट्रोलमा कर खारेज गर’ लगायात नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको आयोजनामा गरिएको प्रदर्शनका सहभागीले हाल पेट्रोलमा लगाइँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।