काठमाडौं, ११ भदौ । पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थागित गरेका छन् ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न सम्झाैता भएसँगै उनीहरुले आन्दोलनका कार्यक्रम स्थागित गरेका हुन् ।बिहीबार निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच भएकाे वार्तामा ढुवानी भाडा समायोजन भएकाे हाे ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले यसअघि गठन गरेको प्राविधिक कमिटीको प्रतिवेदनको आधारमा ढुवानी भाडा समायोजन गर्ने सहमति भएको जानकारी दिए ।आन्दोलित व्यवसायीले लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै मंगलबारदेखि देशका विभिन्न प्रदेशका डिपोहरुबाट पेट्रोलियम पदार्थको अग्रिम खरिद बुकिङ नलिने आन्दोलन थालेका थिए ।
FACEBOOK COMMENTS