तस्बिरमा हेर्नुहोस् साउनको पहिलो सोमबार, पशुपतिलगायत देशभरका मठमन्दिरमा के–के भए ?
कर्पोरट खबर
6:42 pm, सोमबार, साउन ७, २०८१
682Shares
काठमाडौं । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरू भएको छ ।
आज साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।
साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवम् पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।
हेर्नुहोस् काठमाडौंको पशुपतिदेखि देशभरका शिवालयहरूमा साउनको पहिलो सोमबार भएका पूजाआजाको दृश्यहरू–साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीकाबीच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो ।साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीकाबीच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो ।साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीकाबीच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो ।केदारेश्वर महादेवमणी सेवाश्रम समितिको आयोजनामा सोमबार पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजनहरु । समितिले हरेक वर्ष आयोजना गर्ने बोलबम पदयात्रा पोखरा महानगरपालिका–१ गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित पोखरा महानगरपालिका(६ बैदामस्थित केदारेश्वरमा १०८ शिवलिङ्गमा जलार्पण गरिन्छ ।साउनको पहिलो सोमबार तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटस्थित नदीमा स्नानका लागि आएका भक्तजन ।मोरङको सुन्दरहरैँचा नगरपालिका–७स्थित शिव पाञ्चायन मन्दिरमा साउनको पहिलो सोमबार जल चढाउँदै भक्तजन ।साउनको पहिलो सोमबार आज पवित्र तीर्थस्थल देवघाट धाममा रहेको शिवलिङ्गमा बेलपत्र, जल, दूध चढाएर पूजा आराधना गर्दै भक्तजन ।
भक्तपुरको दक्षिण–पूर्वीमा अवस्थित सिपाडोल गाउँस्थित डोलेश्वर महादेव मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा आराधना गर्ने भक्तजनको भीड ।सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा साउन १ गतेदेखि सुरु भएको बोलबम मेलाको आज साउन महिनाको पहिलो सोमबार पूजा आराधना गर्ने पर्खाइमा भक्तजन ।म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा सोमबार पूजा आराधना गर्न आएका भक्तजनहरु । साउन महिनाको सोमबार विशेष पूजा आराधना हुने भएकाले आज गलेश्वरमा भक्तजनहरुको विहानैदेखि घुँइचो लागेको छ ।साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ ।साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ ।पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार जलार्पण गर्न लामबद्ध भक्तजन । विशेषगरी हिन्दुधर्मालम्वीले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आज भक्तजनको भीड भएको हो ।पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन ।टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजाका क्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ।साउन महिनाको पहिलो सोमबार धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम परिसरमा रहेका साँढेको प्रतिमामा पूजा गर्दै भक्तजन ।डडेल्धुराको उग्रतारा मन्दिरमा साउनको पहिलो सोमबार उग्रतारामाताको दर्शन तथा पूजा गर्न आएका भक्तजन । यस मन्दिरमा पुजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन ।दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो ।
FACEBOOK COMMENTS