काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एअरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
विमानमा लागेको आगो निभाइ क्याप्टेन मनिष शाक्यसहित तीन जनाको जीवीतै उद्धार गरी अस्पताल पठाइएको छ भने बाँकी १५ जनाको शव निकाले नेपाल प्रहरीले जनाएको छ ।
हेर्नुस् तस्बिरहरू–
तस्बिरहरू: नेपाल प्रहरी ।
FACEBOOK COMMENTS