चितवन । चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस भव्यता पुर्वक मनाइएको छ ।
मंगलवार एक विशेष कार्यक्रमसहित हात्तीहरुलाई वनभोज समेत गराइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा सरकारी तथा निजी मिलाएर ६० वटा हात्तीलाई उनीहरूलाई मनपर्ने विविध परिकारहरू खुवाइएको थियो ।
कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं हात्ती दिवस–२०८२ कार्यक्रमका संयोजक शम्भू प्रसाद मालीले सौराहामा हात्ती बिना पर्यटनको विकास परिकल्पना समेत गर्न नसकिने बताउदै हात्तीको पालन पोषणमा चुनौती बढ्दै गएको र सरकारसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।
FACEBOOK COMMENTS