काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सु गरेको छ ।
अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टीघर)मा समापन हुनेछ ।
आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिएको छ ।
कार्यक्रममा सभापति रवि लामिछाने, बालेन शाहलगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ ।


FACEBOOK COMMENTS