काठमाडाैं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३२.९८% ले बढेर ५४ करोड ५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस त्रैमासमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ९.९६% ले बढेर ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने रिटेन अर्निङ ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS