काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको जहाजको टायर पञ्चर भएको छ ।
उडान हुनै लाग्दा जहाजको टायर पञ्चर भएपछि उक्त विमान अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।
एयर इन्डियाको एएल–२१६ उडान नम्बरको जहाज आज अपरान्ह ३ः४० बजे काठमाडौँबाट नयाँ दिल्ली उड्ने तालिका थियो । तर, ट्याक्सी वे पार गरेर थ्रेसहोल्ड एरियामा पुगिसकेर धावनमार्गमा रन लिने तयारी गर्दा टायर ञ्चिर भएको हो ।
यसलाई ‘टायर फ्लाट’ हुनु भन्ने गरिन्छ ।
टायर पञ्चर भएपछि जहाजलाई तानेर पार्किङ वेमा ल्याएर राखिएको छ । त्यतिबेला विमानस्थलको उडान र अवतरण केहीबेर अवरुद्ध भएको थियो ।
FACEBOOK COMMENTS