काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै हवाई भाडामा यात्रुले अतिरिक्त १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) तिर्नुपर्ने भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गरेर भोलिबाट हवाई टिकटमा भ्याट लगाउन लागिएको जानकारी दिएको हो । यस्तो भ्याट हवाई टिकटको इन्धन, विमानस्थल शुल्क आदिबाहेक वायुसेवा कम्पनीले लिने शुल्कमा मात्रै लाग्ने भएकाले हालको टिकट मूल्यमा करिव छ प्रतिशतले मूल्य बढ्ने छ ।
सरकारले बजेटमार्फत वायुसेवा कम्पनीहरु पनि भ्याटमा दर्ता हुनुपर्ने नियम ल्याएको थियो । भ्याट लगाउने सरकारको निर्णयको सुरुमा आलोचना गरेका वायुसेवा कम्पनीहरु अन्ततः सो कुरा कार्यान्वयन गर्न सहमत भएका छन् । विशेषगरी विदेशी वायुसेवा कम्पनीको टिकटमा भ्याट समायोजन गर्न कठिनाई भएपछि सरकारले समस्या समाधान गर्न समिति नै बनाएको थियो ।
कति पुग्यो अब मूल्य ?
FACEBOOK COMMENTS