कजाकिस्तानमा ६७ जना बोकेर उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।
कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जनाको जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।
अजरबैजान एअरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अजरबैजान एअरलाइन्सको जे२-८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
FACEBOOK COMMENTS