काठमाडौं । रुसको सुदूरपूर्वमा ४९ जना यात्रु बोकेर बेपत्ता भएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
‘अङ्गारा एयरलाइन्स’को उक्त विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सीमाना जोडिएको अमुर क्षेत्रको टिण्डा सहरतर्फ जाँदै गर्दा रडारबाट हराएको थियो ।
जहाज बेपत्ता भएपछि खोजी कार्यमा प्रयोग गरिएका हेलिकोप्टर र ड्रोनले जहाज दुर्घटनाग्रस्त भएको पत्ता लगाएको बीबीसीले जनाएको छ । रुसको आपतकालीन मन्त्रालयलाई उद्धृत गर्दै यस्तो बताएको हो ।
घटनास्थलबाट प्राप्त फुटेजमा विमानको भग्नावशेष घना जंगलमा जलिरहेको देखिएको छ ।
४९ यात्रु बोकेको विमान सम्पर्कविहीन
FACEBOOK COMMENTS