काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ प्लेटफर्म इनड्राइभले आफ्नो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गरेको छ।
१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको यस तीन साता लामो अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता रहेको थियो। उत्कृष्ट प्रदर्शन र सेवाको गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
यस अभियान अन्तर्गत दुई जना मुख्य विजेताहरूले ग्रान्ड पुरस्कार प्राप्त गरेका छन्। क्याब चालक श्रेणीतर्फ श्री तुम बहादुर थापा मगरलेटाटा एक्सप्रेस–टी ईभी (विद्युतीय कार) जित्न सफल हुनुभएको छ भने बाइक राइडर श्रेणीतर्फ श्री अशेष मगरले त्ख्क् च्बष्मभच मोटरसाइकल प्राप्त गरेका छन्। यी दुवै विजेताहरूले अभियानको तीनै हप्ता निरन्तर प्लेटिनम स्तर कायम राख्दै तोकिएका सबै मापदण्डहरू पूरा गरेका थिए।
ग्रान्ड पुरस्कारका अतिरिक्त इनड्राइभले ठूलो संख्यामा अन्य साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको छ। जस अन्तर्गत १५ जनालाई रेडमी नोट १४ ५जी स्मार्टफोन, ३० जनालाई अल्टिमा एटम १९२ ब्लुटुथ इयरबड्स, ३० जनालाई अल्टिमा सर्कलस्मार्ट वाच र १,५०० जना चालकहरूलाई पेट्रोल भौचर प्रदान गरिएको छ।
पुरस्कार प्राप्त गरेपछि विजेताहरूले आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गर्दै यसले आगामी दिनमा अझ अनुशासित र उत्कृष्ट सेवा दिन प्रेरणा मिलेको बताएका छन्।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले चालक साझेदारहरू नै कम्पनीको सफलताको आधार भएको बताइन्। उनले यस अभियानले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाइन्।
इनड्राइभले आफ्ना चालकहरूलाई केवल सेवा प्रदायक मात्र नभई समुदायको महत्वपूर्ण सदस्यका रूपमा लिँदै निष्पक्षता र पारदर्शिताका साथ अघि बढ्ने लक्ष्य राखेको छ।

FACEBOOK COMMENTS