काठमाडौँ । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा केहि बेरअघि शुरु भएको बैठकले नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्ने निर्णय गर्दछ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलको एकताको घोषणा बुधबार हुदैछ ।
पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ । नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने सन्देश दिएका छन् र यस बैठकमा अनुपस्थित रहेका छन् ।

FACEBOOK COMMENTS