काठमाडौं । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ ।
मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ ।
सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विराटनगर किंग्सको टिमले कोशी प्रदेशको नै गौरव बढाइरहेको उल्लेख गरे ।
त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए ।



FACEBOOK COMMENTS