काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज एक खेल हुदैछन् । आज पीएम कपमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच पर्सामा खेल हुदैछ ।
जारी पीएम कपमा कोशी प्रदेशले ४ खेलमा ३ हार र एक खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गर्दै पुछारमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले ४ खेलमा २ जित, एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित चौथो स्थानमा रहेको छ ।
एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS