काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार निजी क्षेत्रसँग छलफल गर्ने भएकी छिन् ।
प्रधानमन्त्री कार्कीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसहित सरोकारवालाहरूसँग छलफल गर्न लागेको जनाइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र आन्दोलनकारीले गरेको तोडफोड तथा आगजनीबाट खर्बौको क्षति भएको छ । जसले गर्दा निजी क्षेत्र निकै निरास बनेको छ ।
आन्दोलनकारीले भाटभटेनी, होटल हिल्टन, सिजीका गाडीका शोरुम, अन्य विभिन्न कम्पनीका गाडीको शोरुम, चन्द्रागिरी हिल्स लगायतमा तोडफोड तथा आगजनी गरेका छन् ।
FACEBOOK COMMENTS