काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धेरै बेर कुरेर बसे ।
मन्त्रिपरिषदको बैठक नै स्थगन गरेर ओली बालुवाटारमा कुरेर बसे । आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगन भयो । र ओली र देउवाबिच बालुवाटारमा भेटवार्ता हुने समय तय भयो ।
भेटमा दुई दलका शीर्षस्थ नेताहरु बिच छलफल हुने भनिएको थियो । स्रोतका अनुसार छलफल गभर्नर नियुक्तिका विषयमा पनि केन्द्रित हुने थियो । तर देउवा सहितका नेताहरु बालुवाटार पुगेनन् ।
गभर्नर कांग्रेसको भागमा परेको छ । कांग्रेस डा.विश्व पौडेललाई गभर्नर बनाउन चाहन्छ । ओली त्यसका सहमत हुन नसकेको स्रोतको दाबी छ । गभर्नर सिफारिस छनोट समितिको बैठक अझै बस्न सकेको छैन ।
FACEBOOK COMMENTS