काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानबाट कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले तपाईहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका हुन् ।
उनले भनेका छन्,’भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरु तपाईहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं । फेरि पनि बधाई सबैलाई ।’
FACEBOOK COMMENTS