काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।
एमालेको विधान महाधिवेशनको समापन समारोहमा ओलीले जेनजी पुस्ताले देशलाई माया गर्ने र कसैको उक्साहटमा नलाग्ने उल्लेख गर्दै कानुनी राजुको पालना गर्नेमा विश्वास व्यक्त गरेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । समारोहमा ओलीले भने, ‘जेनजी पुस्ता देश भक्त छ, देशलाई माया गर्छ, कानुनी राज्यको पक्षमा उभिन्छ र कुनैपनि हालतमा कसैको उक्साहटमा नलागेर कानुनी राज्यको पालना गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।’
त्यस्तै ओलीले सामाजिक सञ्जाल बन्द गर्न चाहेर बन्द नगरेको बताउदै उनीहरुलाई करको दायरमा ल्याउने, नियमन गर्न र नेपालको कानुन बमोजिम प्रक्रियामा ल्याउन खोजेको महाधिवेशनमा स्पष्ट गरेको गौतमले बताए ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ताको आव्हानमा सोमबार काठमाडौँको माइतीघरसहित देशभर प्रदर्शन हुन लागेको छ ।
FACEBOOK COMMENTS