सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ: प्रधानमन्त्री
कर्पोरट खबर
10:54 pm, शुक्रबार, असोज २६, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने सङ्कल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने “सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन्, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सांस्कृतिक क्षेत्र मानिसलाई भावनात्मकरुपले सांस्कृतिकरुपले राष्ट्रलाई एकताबद्धरुपमा उत्प्रेरित गर्ने क्षेत्र भएको उनको भनाइ छ ।
सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरे । “यस्ता कार्यक्रमले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई उत्प्रेरित प्रदान गर्ने र देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु”, उनले भने ।
FACEBOOK COMMENTS