काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकता वितरणको शुभारम्भ आजदेखि गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजदेखि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सम्मेलनको दिन बिहानै सरकारले नागरिकता वितरण सुरु गरेको हो ।
FACEBOOK COMMENTS