काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन् ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको थियो । सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभई विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिँएका छन् ।
संसदमा सहकारी ठगीको छानविन हुनुपर्ने र पीडितले न्याय पाउनु पर्ने विषयमा पनि आवाज उठेको छ ।
FACEBOOK COMMENTS