काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि मन्त्रिपरिषद् आजका लागि सरेको हो ।
यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । आज बिहान पुनः छलफल गरेर मध्यान्नसम्ममा शपथ गराउने तयारी रहेको पाइएको छ ।
FACEBOOK COMMENTS