काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ ९२० अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री दाहाललाई अहिलेसम्म सत्तारूढ दलबाट १६९ सांसदको समर्थन छ । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ ।
FACEBOOK COMMENTS