काठमाडौं । प्रत्येक वर्ष २१ मार्चका दिन विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
यस वर्षको विश्व कविता दिवस ‘शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता’ भन्ने रहेको छ । यसले विविध संस्कृतिहरूलाई जोड्ने, समझदारीलाई बढावा दिने र एकतालाई प्रवर्द्धन गर्ने कविताको शक्तिलाई प्रकाश पार्छ, जसले कवितालाई संवाद र सामाजिक सद्भावको लागि एक महत्त्वपूर्ण उपकरणको रूपमा सुदृढ बनाउछ ।
विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा यो दिवस सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।
आजको दिनमा विश्वभरीका साहित्यिक संघ संस्थाहरुले कविता वाचन, काव्य विमर्स तथा कविहरुको सम्मान गरेर यो दिवसलाई मनाउँदै आइरहेका छन् । नेपालमा पनि आज कविता सम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व कविता दिवस मनाइदैछ ।
FACEBOOK COMMENTS