पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएकाे १० वर्षभन्दा बढी भयो ।
उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाएकी छैनन् ।
पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उनले भिनन्र, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उनले खानेपानी संस्थानलाई मासिक एक सय १० रूपैयाँ बुझाउने गरेको बताए । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ/नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकोमा खानेपानीको बिल ५५ हजारको आएको उनले बताए । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिरे । “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उनले भनिन्, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।”
सेवाग्राहीले गु भने, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच१० प्रतिशतमा समस्या त हुन्छ नै ।”
संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बाए । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।
डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताइनन् । “भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ”, उनले भनीन्, “यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।”
यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उहाँले बताए । जाइकाको पाँच अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो ।
कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उनले बताए । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS