पोखरा । पोखरामा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।
सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरूलाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन् ।
FACEBOOK COMMENTS