काठमाडौं । कास्कीको पोखरास्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा औँल्याइएको भ्रष्टाचारबारे अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएकाे निष्कर्षसहित अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।
आज बुधबार बसेको समितिको बैठकले राप्रपा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पूरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई अख्तियारमा पठाउने निर्णयसमेत गरेको हो ।
सार्वजनिक लेखा समितिले लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँ बढी भ्रष्टाचार भएकाे निष्कर्षसहितको प्रतिवेदन बुझाएकाे थियाे ।
FACEBOOK COMMENTS