काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड ९एरोथाई०को जहाज पोखरा पुगिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारदेखि परीक्षण उडान थाल्ने एरोथाईको टोलीले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडानसम्बन्धी उपकरण तथा प्रविधिको जाँच गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुस १७ गतेदेखि नियमित उडान सुरु गर्ने लक्ष्य लिएको यो विमानस्थलमा सोमबारदेखि नियमित र यान्त्रिक उडान हुने बताए ।
उनले भने, ‘सोमबार बिहान १० बजेसम्म पोखरा विमानस्थलमा नियमित उडान हुनेछन् भने १० बजेदखि १ बजेसम्म र २ः३० देखि बेलुका ५ बजेसम्म परीक्षण उडान हुनेछ ।’ एरोथाईको टोलीले दैनिक पाँच घण्टा विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान) ले काम गरे नगरेको परीक्षण गर्ने उनले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS