पोखरा मंसिर १८,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माण कार्य सकिएको आयोजना प्रमुख विनेश मुनानकर्मीले बताउनुभयो ।
विमानस्थलमा एयर साइड र ल्याण्ड साइडको अधिकांश काम सकिएको र बाँकी काम पनि तीव्र गतिमा अघि बढेकाले आगामी वैशाख अघि नै विमानस्थलको निर्माण कार्य सम्पन्न गरी फ्लाइट शुरु हुने मुनानकर्मीले बताउनुभयो ।
करिब २२ अर्बभन्दा बढी लागतमा गएको जुलाई १० भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी चीनको सिएएमसी कम्पनीसँग सम्झौता भएको भए पनि कोरोनाका कारण सिर्जित समस्याका कारण नागरिक उड्डयन प्राधिकरणले निर्माण अवधि १ वर्ष थप गरेको हो । थप गरिएको सम्झौताअनुसार आयोजना २०७९ असार सम्ममा सम्पन्न गरिसक्नुपर्ने भए पनि वैशाख अगावै निर्माण कार्य सकिने आयोजना प्रमुख मुनानकर्मीको भनाई छ ।
‘विमानस्थलमा ‘वाटर म्यानेजमेन्ट’ र रिठेपानी डाँडा कटान मुख्य समस्याका रूपमा देखिएका छन्’, मुनानकर्मीले ‘हामीले यी समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल समेत गरेर ठोस पहल गरेका छौँ , त्यसको नतिजा आउनासाथ हामीले यी समस्यालाई समय सीमा भित्र नै सम्पन्न गर्ने छौँ ।
FACEBOOK COMMENTS