“`काठमाडौं । पोखरा महानगरपालिकामा पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनको कार्य शुरु भएको छ ।
पोखरा महानगरपालिका-२५ को कार्यालयले पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनका लागि हटाउने कार्य सुरु गरेको हो ।
महानगरपालिकाका प्रवक्ता समेत रहेका मोतीलाल तिम्सिनाले सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रभाव पारेका र दुर्घटनाको जोखिम रहेका ती अव्यवस्थित तारहरू हटाउने कार्य सुरु गरिएको बताएका छन् ।
FACEBOOK COMMENTS