पोखरा । पोखरा महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट लगिएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
महानगरले महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरू समेतबाट ठुलो मात्रामा सामाग्रीहरू लुटपाट तथा चोरी भएका दृश्यहरू सिसिटिभी फुटेज र विभिन्न सामाजिक सञ्जालमा
सार्वजनिक गरिएका फोटो तथा भिडियोहरूबाट पुष्टि हुन आएकाले चोरी गरिएका सामाग्रीहरू यथाशीघ्र पोखरा सभागृहमा बुझाउन अनुरोध गरको हो ।
महानगरले अन्यथा अनधिकृत कार्यमा संलग्नहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ ।
FACEBOOK COMMENTS