काठमाडौं । काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भए ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा एमाले का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

FACEBOOK COMMENTS