काठमाडौँ। काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।
घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।
इते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
FACEBOOK COMMENTS