काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी कारवाहिमा परेका छन् ।
दुबईबाट फर्किएका एक युवकलाई दुर्व्यवहार गरेको आरोपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।
घटनामा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
गत गत चैत ३१ गते आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको भिडिओ सामाजीक संजालमा सार्वजनिक भएको थियो ।
FACEBOOK COMMENTS