काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसएसपीलाई बढुका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रहरी नियमावलीअनुसार सिफारिस गरेको जनाएको छ ।
सिफारिस हुनेमा सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।
FACEBOOK COMMENTS