काठमाडौं । उत्कृष्ट काम गरेको आधारमा उपत्यकामा कार्यरत तीनजना प्रहरी पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वय कौशलकुमार बुढाथोकी र जनार्दन घिमिरेलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
उपत्यकामा भएका विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द–हडताल, मेला–पर्व, खेलकुदलगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा उनीहरूलाई पुरस्कृत गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS