काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए ।
यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा रहेका एसपी कोमल शाहलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवालले सिन्धुली प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।
सन्तोष सिंह राठौरले बाँके, योगेन्द्र सिंह थापाले सुर्खेत र देवेन्द्रबहादुर पालले कैलालीको नेतृत्व पाएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS