काठमाडौँ । गत वर्षको चैत २० गतेदेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षक र प्रहरीबीच आन्दोलनमा आज झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको हो । बल प्रयोगपछि पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ ।
महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ ।
FACEBOOK COMMENTS