काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुससहित पक्राउ गरेको छ ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने र मुद्दा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दु:ख दिएको उजुरीपछि खटेको आयोगको टोलीले राउतलाई घुस रकमसहित काठमाडौँ महानगरपालिका–५ गहनापोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राउतबाट घुस रकम र एक थान मोबाइल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS