काठमाडौं । विशेष अदालत काठमाडौंले आफ्नो कार्यालय तोडफोड तथा आगजनी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
भदौ २४ गतेको जेनजी प्रदर्शनमा आगजनी गर्नेहरूविरुद्ध भिडियो प्रमाणसहित उजुरी दिएको हो । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको अदातलका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
आगजनीबाट अदालतमा करिब ६ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । अदालत आगजनी गर्नेविरुद्ध यसअघि सर्वोच्च र जिल्ला अदालतले समेत प्रहरीमा उजुरी दिएको छ ।
प्रहरीले पछिल्लो समय जेनजी प्रदर्शनका नाममा हिंसात्मक गतिविधि गरेर आगजनी गर्नेहरूलाई फोटो तथा भिडियोका आधारमा पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ ।
FACEBOOK COMMENTS