काठमाडौं । गृहमन्त्री सुदन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् ।
बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् ।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए ।
गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।



FACEBOOK COMMENTS