काठमाडौं । काठमाडौंमा प्रदर्शनको क्रममा लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ। सेनाले हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको हो। प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न सेनाको आग्रह छ।
काठमाडौँ । जेनजीको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर
त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको हो ।
त्यस्तै, प्रदर्शनको क्रममा भेटिएको प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न सेनाले आग्रह गरेको छ । हातहतियार र गोलिगठ्ठा नबुझाई हतियार र पोसाकको अनधिकृत प्रयोग गरेको भेटिएमा कारबाही हुने सेनाले जनाएको छ ।
FACEBOOK COMMENTS