काठमाडौं । वन पैदावार बोकेको एक मोटरसाइकलले दाङमा पैदलयात्रीलाई ठक्कर दिएको छ ।
जिल्लाको लमही नगरपालिका–९ अमिलियामा लु ५४ प ७८२७ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्कर दिने उक्त मोटरसाइकल चालक शिवचन्द्र बुढाको साथबाट प्रहरीले वन पदावार यार्सागुम्बा र बिनालगायत वस्तु वरामद गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का ४८ वर्षीय बुढाले दुर्घटनालगत्तै आफ्नो झोला नजिकैको एक घरमा लुकाएको अवस्थामा ती वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय लमही पठाइएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार बुढाको साथबाट मोटरसाइकलसहित ४९५ ग्राम यार्सागुम्बा, अत्तरको जस्तो सुगन्ध आउने कालो रङका १०८ वटा दाना बरामद गरिएको छ ।
FACEBOOK COMMENTS