काठमाडौ । बुधबार बसेको नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी नभएपछि आज पुनः छलफलका लागि बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी हुन सकेको थिएन । त्यसैले आज पुनः बैठक बोलाइएको छ ।
उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी ९जसपा०लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा ९एमाले०को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।
FACEBOOK COMMENTS