काठमाडौं । आज सरकार, दल र जेनजी अगुवाहरुको त्रिपक्षीय छलफल हुदैछ ।
प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । छलफल आज बालुवाटारमा ४ बजे बोलाइएको छ र बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ ।
यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।

FACEBOOK COMMENTS