काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा राजनीतिक परिवर्तनहरू प्रशस्त भए पनि आर्थिक परिवर्तनको विषयलाई नजरअन्दाज गरिनु दु:खद भएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा नागरिक समूहद्वारा आयोजित ’व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा बोल्दै उनले राजनीतिकसँगै आर्थिक क्रान्तिको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएकी हुन् ।
उनले देशमा प्रशस्त स्रोत भए पनि समुचित परिचालन हुन नसक्दा आर्थिक रूपमा पछि परिरहेको बताइन् ।
उनले विश्वका विभिन्न मुलुकहरूले उपलब्ध स्रोतको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गरिरहेको परिप्रेक्ष्यमा नेपालले पनि त्यसको अनुसरण गर्न आवश्यक रहेको बताइन् ।
FACEBOOK COMMENTS